Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

पनामामा रोकिए भेनेजुएला फर्कन खोज्ने आप्रवासी


काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिका कारण संयुक्त राज्य अमेरिकाको यात्रा त्यागेर स्वदेश फर्कन खोजेका दर्जनौं आप्रवासीहरू पनामाको प्रहरीले मङ्गलबार फिर्ता पठाएको छ । दङ्गा प्रहरीले आप्रवासीलाईलाई व्यवस्थित रूपमा स्वदेश फिर्ती प्रक्रियाका लागि कोस्टारिका फर्कन बाध्य बनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

कोस्टारिकाको एक आश्रयस्थलमा आप्रवासीहरूको आपराधिक रेकर्डको बायोमेट्रिक जाँच गरिनेछ र त्यसपछि हवाई वा समुद्री मार्गबाट स्वदेश फर्कनका लागि पनामा पठाइने पनामाको सुरक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

कोस्टारिकाका सुरक्षा मन्त्री मारियो जामोरालाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट