चीनद्वारा ट्रम्प र पुटिनबीच हुने शिखर सम्मेलनबाट शान्ति प्रयासप्रति खुसी व्यक्त, ईयूद्वारा आशंका

काठमाडौँ । चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने शिखर सम्मेलनबाट युक्रेन र रुसबीचको युद्धलाई शान्तिमा ल्याउने प्रयासप्रति खुशी व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन शान्ति वार्ताका लागि आफ्ना रुसी समकक्षीलाई भेट्ने अपेक्षा गरेको बताएपछि चीनको तर्फबाट यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो ।
अमेरिकी राष्ट्रपतिको ह्वाइट हाउसमा पुनरागमनपछिको ट्रम्प र पुटिनबीचको वार्ताको पहिलो पटक पुष्टि गरिएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित प्रेस ब्रिफिङमा चीन खुशी भएको जनाए ।
तर, उक्त विषयमा युरोपेली युनियन (ईयू)का देशहरूको तर्फबाट आशंका व्यक्त गरिएको छ । ट्रम्प र पुटिन वार्ता सुरु गर्न सहमत भएपछि जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेन युद्ध अन्त्य गर्ने सम्झौता किएभमा थोपर्न नहुने बताएका छन् ।
जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले बिहीबार प्रतिक्रिया दिँदै युक्रेनमा शान्ति वार्ता सुरु हुनुअघि नै ट्रम्प प्रशासनले रुसलाई ‘छुट’ दिएको कुरा ‘खेदजनक’ भएको बताए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया