भारत थप अमेरिकी तेल र ग्यास किन्न सहमत, आणविक सम्झौता पाइपलाइनमा
![](https://ap-south-1.linodeobjects.com/samayabaddha.com/2025/02/FPzNi7J8-trump-modi.jpg)
भारत थप अमेरिकी तेल र ग्यास किन्न सहमत भएको छ । भारत र अमेरिकाबीचको व्यापार असन्तुलन कम गर्न भारत थप अमेरिकी तेल तथा ग्यास खरिद गर्न सहमत भएको वाशिङटनमा भएको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने भ्रमणका क्रममा विशेष गरी उर्जा क्षेत्र प्राथमिकतामा परेको छ । परमाणु ऊर्जामा थप लगानी गर्ने वाचा समेत भएको छ । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशको आणविक ऊर्जा कार्यक्रमलाई अगाडि बढाउन मद्दत गर्न अमेरिका र फ्रान्सबाट महत्त्वपूर्ण समर्थन प्राप्त गर्दै भ्रमण सकेका छन् ।
भारतमा अमेरिकाले डिजाइन गरेको आणविक रिएक्टरहरू निर्माण गर्ने सम्झौता भएको छ । यद्यपि यो प्रविधि अझै ‘प्रारम्भिक चरणमा’ रहेको छ । अमेरिकाले भारतलाई सैन्य हार्डवेअरको बिक्री करोडौँ डलरले बढाउने र एफ–३५ लडाकु जेट समेत दिने जनाएको बीबीसीले उल्लेख गरेको छ । त्यस्तै मोदीले अन्तरिक्ष, प्रविधि र अन्वेषणका बारेमा ट्रम्प निकट एलन मस्कसँग कुरा गरेको समेत बताएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया