Techie IT
Samayabaddha
शुक्रबार, ९ फागुन, २०८१

ट्रम्पको जेलेन्स्कीविरुद्धको टिप्पणीले अन्तर्राष्ट्रिय राजनीतिक ध्रुवीकरण बढायो


अमेरिकी राष्ट्रपति डनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई “तानाशाह” भनेपछि यूरोपियन युनियन (ईयू) ले यस आरोपलाई खारेज गर्दै जेलेन्स्कीलाई लोकतान्त्रिक नेता भनेको छ। ईयूका प्रवक्ता स्टेफन डी केर्समेकरले भने, “युक्रेन एक लोकतान्त्रिक देश हो, र भ्लादिमिरे पुतिनको जस्तो रूस होइन।” उनले थपे, “जेलेन्स्की राष्ट्रपति स्वतन्त्र, निष्पक्ष र लोकतान्त्रिक निर्वाचनमा वैध रूपमा निर्वाचित भएका हुन्।”

ब्रिटेनले पनि जेलेन्स्कीलाई समर्थन गर्यो
ब्रिटेनका प्रधानमन्त्री सर कीर स्टार्मरले पनि जेलेन्स्कीलाई “लोकतान्त्रिक रूपमा निर्वाचित नेता” भनेर समर्थन जनाएका छन्। डाउनिङ स्ट्रिटका अनुसार, सर कीरले जेलेन्स्कीलाई बुधबार राती फोन गरी युद्धकालमा निर्वाचन स्थगित गर्नु पूर्ण रूपमा उचितू भएको बताए। उनले यसको उदाहरण दिँदै दोस्रो विश्वयुद्धका बेला ब्रिटेनले पनि निर्वाचन स्थगित गरेको उल्लेख गरे।

जेलेन्स्कीको पाँच वर्षे कार्यकाल मे २०२४ मा समाप्त हुने थियो, तर रूसी आक्रमणपछि युक्रेनमा मार्शल ल लागू भएकोले निर्वाचन स्थगित गरिएको छ।

ट्रम्पको आलोचना र नयाँ राजनीतिक ध्रुवीकरण
ट्रम्पले जेलेन्स्कीलाई आलोचना गर्दै उनले युक्रेनमा निर्वाचन गर्न अस्वीकारू गरेको आरोप लगाएका छन्। यसले अमेरिका र युक्रेनबीचको राजनीतिक द्वन्द्व बढाएको छ। यसै बीच, सर कीर स्टार्मर अर्को हप्ता वासिङ्टन डीसी गई ट्रम्पसँग पहिलो पटक भेट्ने तयारीमा छन्।

अमेरिका र युक्रेनबीचको द्वन्द्व बढ्दै गएपछि सर कीरको राजनीतिक चुनौती पनि बढेको छ। उनले अमेरिकी समर्थन भएमा युक्रेनको सुरक्षा सुनिश्चित गर्न ब्रिटिश सेना पठाउन तयार रहेको पनि जनाएका छन्।

रूस र अमेरिकाको नजिकिएको सम्बन्ध
ट्रम्पको आलोचना युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ूरूसी प्रचारको बुलबुलामा बाँचिरहेकोू आरोप लगाएपछि आएको हो। यसै बीच, अमेरिका र रूसबीचको सम्बन्ध नजिकिदै गएको छ। साउदी अरबमा भएको बैठकमा दुवै देशले युद्ध समाप्त गर्न वार्ता गर्न सहमत भएका छन्। तर, यस बैठकमा युक्रेन र यूरोपीय नेताहरूलाई आमन्त्रित गरिएको थिएन।

नयाँ ध्रुवीकरणको उदय
यस घटनाक्रमले नयाँ राजनीतिक ध्रुवीकरणलाई जन्म दिँदै छ। एकातिर, यूरोपीय युनियन र ब्रिटेनले युक्रेनलाई समर्थन जनाउँदै छन् भने अर्कोतिर, अमेरिका रूससँग नजिकिएर युक्रेनलाई अलग गर्दै छ। यसले युक्रेनी संकटको समाधानमा नयाँ चुनौतीहरू सिर्जना गरेको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट