अमेरिकामा संघीय कर्मचारीलाई निकालेको विरुद्धमा र्याली

अमेरिकामा संघीय कर्मचारीलाई हटाएको विरुद्धमा र्याली निकालेका छन् । वासिङ्टनमा रहेको अमेरिकी वातावरण संरक्षण एजेन्सीको मुख्यालय बाहिर भेला भएका प्रदर्शनकारीहरुले आफ्ना सेवाहरु बचाउन आग्रह गरेका छन् । चिसो मौसमको सामना गर्दै भेला भएका उनीहरुले प्लेकार्डहरू बोकेका छन् ।
अमेरिकी प्रशासनले संघीय खर्च घटाउन कर्मचारी कटौती गरिरहेको छ । अहिलेसम्म दुई लाखभन्दा धेरै संघीय कामदारहरू हटाइएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
यसैबीच अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसएआईडीका कर्मचारीलाई बिदा गर्न बाटो खुलेको छ । स्थानीय अदालतले कर्मचारी बिदा गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अनुमती दिएको हो ।
वाशिङटनका न्यायाधीश कार्ल निकोल्सले मुद्दाको सुरुवातमा लागू गरिएको अस्थायी रोक आदेश खारेज गरेका हुन् । निकोल्सलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै पहिलो कार्यकालमा नियुक्त गरेका हुन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया