Techie IT
Samayabaddha
आईतबार, ११ फागुन, २०८१

आणविक हतियार नियन्त्रण कि शक्ति सन्तुलन ? पुटिन र सीसँग ट्रम्पको पहिलो चाल के हुनेछ ?


काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्भावित दोस्रो कार्यकालमा चीन र रूससँग आणविक निशस्त्रीकरण वार्ता अघि बढाउने इच्छा व्यक्त गरेका छन् । तर, यो प्रयास वास्तवमै सफल हुने हो कि यो शक्ति सन्तुलनको खेल मात्र हो भन्ने प्रश्न उठ्न थालेको छ ।

बेइजिङले बहुपक्षीय आणविक हतियार नियन्त्रण संयन्त्रको समर्थन गर्ने बताएको छ तर अमेरिका र रुसले दशकौंदेखि संकलन गरेका विशाल आणविक शस्त्र भण्डारलाई पहिलो प्राथमिकता दिनुपर्नेमा चीनले जोड दिँदै आएको छ । अर्कोतर्फ, अमेरिकाले आफ्नो सैन्य उपस्थिति दक्षिणपूर्वी एसिया र पूर्वी एसियामा व्यापक रूपमा विस्तार गरिरहेको छ, जसले आणविक शक्ति सन्तुलनलाई थप जटिल बनाएको छ ।

ट्रम्पले रूस, चीन, भारत, फ्रान्स, उत्तर कोरिया लगायतका आणविक हतियार भएका देशहरूलाई वार्तामा सहभागी गराउन चाहन्छन् । तर, वास्तविकता के हो ? अमेरिका, रुस र चीनले आफ्नो विशाल रक्षा बजेट घटाउने वा केवल रणनीतिक रूपमा शक्ति सन्तुलनको नयाँ मोडेल बनाउने ?

रूस र अमेरिकासँग विश्वका करिब ९० प्रतिशत आणविक हतियार छन् । चीन हाल तुलनात्मक रूपमा पछाडि भए पनि उसको सैन्य क्षमता तीव्र रूपमा विस्तार भइरहेको छ । यदि चीनको विकास गति यस्तै रह्यो भने सन् २०३० सम्ममा उसले एक हजारभन्दा बढी आणविक हतियार संकलन गर्नेछ । यस्तो अवस्थामा, के आणविक निशस्त्रीकरण सम्भव छ ?

आणविक शक्तिको क्षेत्रमा चीन निसन्देह रुस र अमेरिकाको बराबरमा छैन् होला तर मौजुदा शक्ति सन्तुलनका लागि एक मुख्य उत्तोलक हो । ट्रम्पले युक्रेनमा शान्ति गराउन साउदी अरबको बैठकबाट तत्काल कुनै निष्कर्ष ननिस्केको भए पनि शान्तिको सम्भावना जिउँदै रहेको र यसमा ट्रम्पको प्रशंसा गरिएको छ । ट्रम्पले वास्तवमै शान्ति चाहेका हुन भने आणविक हातहतियारको निरशस्त्रीकरणका लागि रुस र चीनलाई विश्वासमा लिनु पहिलो कदम हुनेमा शंका भने छैन् ।

ट्रम्पले वास्तवमै विश्व शान्तिको लागि काम गर्ने हो भने उनले शक्ति सन्तुलनको रणनीति भन्दा वास्तविक निरस्त्रीकरण प्रक्रियामा ध्यान दिनुपर्छ । अन्यथा, यो वार्ता केवल अर्को राजनीतिक खेलमा सीमित हुनेछ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट