Techie IT
Samayabaddha
आईतबार, ११ फागुन, २०८१

जर्मनीमा सङ्घीय सांसद चयनका लागि मतदान चल्दै, अमेरिका र युरोपको चासो


जर्मनीको संसद्को तल्लो सदन बुन्डेसटागको मतदान भइरहेको छ । नियमित समय अनुसार आउँदो सेप्टेम्बरमा चुनाव हुनुपर्ने भए पनि गएको वर्ष सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी), ग्रीन्स र फ्री डेमोक्र्याटिक पार्टीको सत्तारूढ गठबन्धन भत्किएपछि निर्धारित समयभन्दा अघि नै मध्यावधि चुनाव भएको हो ।

पछिल्लो सर्वेक्षण अनुसार क्रिश्चियन डेमोक्र्याटिक युनियन (सीडीयू) र क्रिश्चियन सोसल युनियन (सीएसयू) का भ्रातृ दलले अग्रता लिने देखिएको छ । जर्मनीको तल्लो सदन ६ सय ३० सदस्यीय छ । ५ करोड ९२ लाख मतदाता छन् ।

खस्कँदो अर्थतन्त्र र आप्रवासनलाई दोष दिएको सुरक्षा चिन्ता जर्मनीका अहिलेका मुख्य समस्या हुन् । दलहरूले यिनै विषयलाई मुद्दा बनाएका छन् ।

विश्वमञ्चमा पनि जर्मनीले महत्त्वपूर्ण निर्णयहरू लिने भएका कारण चुनावलाई अमेरिका र युरोपले चासोका साथ हेरेका छन् । जर्मनी युक्रेनमा अमेरिकापछि दोस्रो धेरै सैन्य सहयोग गर्ने देश हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट