Techie IT
Samayabaddha
शुक्रबार, १६ फागुन, २०८१

युरोपेली सङ्घको जन्म अमेरिकालाई ‘मजबुत बनाउन’का लागि भएको हो : ट्रम्प


वासिङ्टन, १५ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो क्याबिनेट बैठकमा युरोपेली सङ्घ ९इयू० को जन्म अमेरिकालाई ‘मजबुत बनाउन’का लागि भएको बताएका छन् ।

ट्रम्पले भने, “युरोपेली युनियन (इयू) को गठन संयुक्त राज्य अमेरिकालाई पेचिलो बनाउनका लागि गरिएको हो । यसको उद्देश्य यही हो र उनीहरूले यसमा राम्रो काम गरेका छन् । तर, अहिले म राष्ट्रपति भएको छु ।”

ट्रम्पले आफ्नो पछिल्लो कर वृद्धिको विवरण चाँडै सार्वजनिक गर्ने बताएका छन्, “हामीले कर वृद्धिसम्बन्धि एउटा निर्णय गरेका छौं र हामी चाँडै नै यसको घोषणा गर्नेछौँ । यो २५ प्रतिशत हुनेछ ।”

युरोपेली आयोगले ट्रम्पको भनाइप्रति तुरुन्तै जवाफी प्रतिक्रिया दिँदै भनेको छ, “युरोपेली सङ्घ विश्वको सबैभन्दा ठुलो स्वतन्त्र बजार हो । यो संयुक्त राज्य अमेरिकाका लागि वरदान साबित भएको छ,” युरोपेली आयोगको एक स्रोतले बुधबार जनाएको छ।
स्रोतका अनुसार इयूले नयाँ कर वृद्धिको ‘दृढतापूर्वक र तुरुन्तै’ प्रतिक्रिया दिनेछ ।

हालैका हप्ताहरूमा, अमेरिकी प्रशासनले युरोपेली सामानहरूमा उच्च आयात करहरू लगाउने प्रतिज्ञा गरेको र यसले संयुक्त राज्य अमेरिका र युरोपबीचको साझेदारीलाई उथलपुथलको अवस्थामा पुर्‍याएको छ । अमेरिकाले इयूबाट अमेरिका निर्यात हुने सामानमा लगाउने करको हाराहारीमा नै उसको सामानमा कर वृद्धि हुने दाबी इयूका अधिकारीले गरेका छन् । रासस/सिन्ह्वा


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट