अमेरिकाको क्यालिफोर्नियामा नेपाली सामुदायिक भवन निर्माण

काठमाडौं, १५ फागुन । अमेरिकाको क्यालिफोर्नियामा नेपाली सामुदायिक भवन केन्द्र निर्माण गरिएको छ । ठूलो संख्यामा नेपालीको बसोबास रहेको क्यालिफोर्निया नर्दन क्षेत्र (बे एरिया) मा नेपाली सामुदायिक केन्द्र भवन स्थापना गरिएको नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) का अध्यक्ष प्रितेश कार्कीले जानकारी दिएका छन् ।
उनले चन्दा संकलनबाट भवन निर्माण गरिएको बताएका छन् । न्यान्सले सन् १९९४ मा स्थापनादेखि नै आफ्नै सामुदायिक भवन स्थापनाको उद्देश्य राखेको थियो । भवनमा ५ सय २८ सिट क्षमताको सभाकक्ष, २ सय सिटको क्याफ्टेरिया, ६ वटा अफिस कोठा, ११० भन्दा बढी गाडी पार्किङ र शौचालय छन् ।
करिव ७० हजार नेपाली बसोबास रहेको नर्दन क्षेत्रमा आफ्नै सामुदायिक भवन भएपछि विभिन्न चाडपर्व एवं धर्म, संस्कृति अनुसारका सामाजिक सांस्कृतिक कार्यक्रम गर्न सहज हुने विश्वास न्यान्सको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया