भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ४ जनाको मृत्यु

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा फसेकामध्ये चार जना मजदुरको मृत्यु भएको छ । हिमपहिरोमा फसेका ५५ मध्ये ५० जनाको उद्धार भएको चमोलीका जिल्ला अधिकारी सन्दीप तिवारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
हिजो दिउँसो बद्रीनाथ धामको नजिक मनामा हिमपहिरो गएको थियो । सीमा सडक सङ्गठन (बीआरओ) को सडक निर्माणमा खटिएका मजदूर हिमपहिरोमा फसेका हुन् ।
हिमपातका कारण उद्धार कार्यमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन् । फसेका मानिसहरुलाई निकाल्न छ वटा हेलिकप्टर प्रयोग भएका छन् । एक जनाको खोजी भइरहेको भारतीय सेनाले जनाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया