चीनले वृद्धवृद्धाको हेरचाह र सामाजिक सहायतामा एआईको प्रयोग गर्ने

चीनले वृद्धवृद्धाको हेरचाह र सामाजिक सहायतामा कृत्रिम बौद्धिकता अर्थात (एआई) र ठूलो (बिग) डाटाको प्रयोग गर्ने भएको छ ।
कम जन्मदर र घट्दो श्रमशक्तिसँग जुधिरहेका बेला चीनले नयाँ प्रविधिको व्यापक प्रयोग गर्ने तयारी गरेको हो ।
नागरिक मामिला मन्त्री लु झियानले सामाजिक सहायता, वृद्धवृद्धाको हेरचाह सेवा र अशक्तहरूका लागि सेवाहरूको क्षेत्रमा ठूलो (बिग) डाटा र एआईजस्ता नयाँ प्रविधिको प्रयोगलाई तीव्रता दिने बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सन् २०२४ मा चीनको जनसङ्ख्या लगातार तेस्रो वर्ष घटेको छ र त्यहाँ ६० वर्ष वा त्योभन्दा बढी उमेरका ३१ करोडभन्दा धेरै मानिस रहेका छन् ।
श्रमशक्ति खुम्चिँदै जाँदा भविष्यको आर्थिक वृद्धिका लागि प्रविधिको प्रयोग महत्त्वपूर्ण ठानिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान
प्रतिक्रिया