Techie IT
Samayabaddha
शनिबार, १ चैत्र, २०८१

देश कहिल्यै अमेरिकाको भाग नबन्ने क्यानडाका नवनियुक्त प्रधानमन्त्री कार्नीको बाचा


क्यानडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नीले पदभार ग्रहण गरेका छन् । जस्टिन ट्रुडोले झण्डै एक दशक लामो नेतृत्वपछि गएको वर्ष जनवरीमा आफ्नो राजीनामा घोषणा गरेका थिए ।

क्यानडाको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिएलगत्तै कार्नीले देश कहिल्यै अमेरिकाको भाग वा हिस्सा नबन्ने बाचा गरेका छन् ।

सत्तारुढ लिबरल पार्टीको नेता निर्वाचित भएको केही दिनपछि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चलिरहेको व्यापार युद्धको बीचमा उनले हिजो पदभार ग्रहण गरेका हुन्।

कार्नीले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हालै ५१ औँ राज्यका सन्दर्भमा गरेको टिप्पणीलाई ‘पागलपन’ को संज्ञा दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यानडालाई गाभ्ने सार्वजनिक अभिव्यक्तिको पनि खण्डन गरेका छन् ।

प्रधानमन्त्री कार्नीले आफ्नो पहिलो विदेश भ्रमण फ्रान्स र बेलायत हुने बताएको बीबीसीले उल्लेख गरेको छ ।

तत्काल ट्रम्पसँग भेट्ने कुनै योजना नरहेको उनको भनाइ छ । कार्नी नयाँ प्रधानमन्त्री बन्नु अघिदेखि नै क्यानडा र अमेरिकाबीचको सम्बन्ध बिग्रिएको छ ।

यसअघि उनले थप आर्थिक द्वन्द्वबाट बच्नका लागि नयाँ व्यापार सम्झौताका लागि वार्ता गर्न ट्रम्पसँग छलफल गर्ने बताएका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट