नौ महिनादेखि अन्तरिक्षमा फसेका दुई जना अन्तरिक्षयात्री पृथ्वीमा फर्किए

नौ महिनाभन्दा धेरै समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किएका छन् ।
उनीहरु नेपाली समयअनुसार आज बिहान सबेरै पौने ४ बजेतिर स्पेसएक्स रकेटमार्फत अमेरिकाको फ्लोरिडाको तटमा अवतरण गरेका हुन्।
विना योजना नौ महिना अन्तरिक्षमा विताएका अन्तरिक्षयात्री सुनिता र बुचले फ्लोरिडाको तटबाट खसेको स्पेसएक्सबाट निस्कँदा मुस्कुराउँदै हात हल्लाएको बीबीसीले जनाएको छ ।
क्यामरा जडित डल्फिनको एउटा समूहले उनीहरुको रकेट समुद्रमा डुब्दै गर्दा निरीक्षण गरेको छ । उनीहरु आठ दिनका लागि भनेर अघिल्लो वर्षको जुन ५ मा बोइङ र नासाको संयुक्त ‘क्रू फ्लाइट टेस्ट मिसन’ मा स्पेस स्टेशन गएका थिए । तर स्पेस क्राफ्टमा प्राविधिक समस्या आएपछि उनीहरू पछिल्लो नौ महिनादेखि अन्तरिक्षमै रोकिएका थिए ।
वैज्ञानिकहरुले अन्तरिक्ष कठिन भए पनि सुनिता र बुचको अन्तरिक्षमा नयाँ परिस्थितिमा अनुकूलन गर्ने र अन्तरिक्ष स्टेशनमा जीवन चलाइरहने निर्णय साहसिलो कदम भएको बताएका छन् । उहाँहरुको अनुभव र कामबारे जानकारी दिन नासाले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान
प्रतिक्रिया