रुसले युक्रेनका २ वटा अस्पतालमा ड्रोन आक्रमण गर्यो

रुसले युक्रेनका दुई वटा अस्पतालमा ड्रोन आक्रमण गरेको छ । रुसी सेनाले उत्तरी सुमी क्षेत्रको दुई वटा अस्पतालमा ड्रोन आक्रमण गरेका युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
युक्रेनी अधिकारीहरूका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कुराकानी भएको केही घण्टापछि सुमी शहरको एउटा अस्पतालमा ड्रोन आक्रमण भएको थियो । त्यसपछि क्रास्नोपिल्यामा रहेको एउटा अस्पतालमा ड्रोन आक्रमण भएको थियो ।
ड्रोन आक्रमणबाट अस्पतालको भवनमा क्षति पुगेको छ । आक्रमणको समयमा बिरामी र कर्मचारी शेल्टरमा रहेका कारण कुनै मानवीय क्षति नभएको बीबीसीको खबरमा उल्लेख छ ।
सुमी शहरको अस्पतालमा एक सय ४७ बिरामी र २२ कर्मचारी तथा क्रास्नोपिल्याको अस्पतालमा ४९ बिरामी र ११ कर्मचारी रहेका खबरमा उल्लेख छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया