Techie IT
Samayabaddha
मंगलबार, ११ चैत्र, २०८१

इजरायलका आन्तरिक सुरक्षा तथा गुप्तचर निकायका प्रमुख रोनेन बर्खास्त


इजरायलका आन्तरिक सुरक्षा तथा गुप्तचर निकायका प्रमुख रोनेन बार बर्खास्त भएका छन्। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सन् २०२३ को अक्टोबर ७ मा हमास लडाकु समूहले गरेको आक्रमणको पूर्वानुमान गर्न असफल भएको भन्दै आन्तरिक सुरक्षा तथा गुप्तचर निकाय ‘शिन बेट’ का प्रमुख रोनेनलाई पदमुक्त गरेका बीबीसीले जनाएको छ ।

पछिल्लो मन्त्रिपरिषद्को बैठकले उनलाई हटाउने औपचारिक निर्णय गरेको हो । ‘शिन बेट’ इजरायलको आन्तरिक गुप्तचर निकाय हो । यो निकायले युद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । सन् २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणको विषयमा प्रधानमन्त्री नेतन्याहू र रोनेनबीच गम्भीर मतभेद थियो ।

रोनेन सन् २०२१ को अक्टोबरमा पाँच वर्षका लागि शिन बेट प्रमुखमा नियुक्त भएका थिए । रोनेनले आफूलाई पदमुक्त गर्ने निर्णय ‘राजनीतिक पूर्वाग्रहबाट प्रेरित’ रहेको प्रतिक्रिया दिएका छन् । गएको मङ्गलवारदेखि इजरायलले प्यालेस्टाइनमा रहेको ठानिएका हमासका निसानामा चरणबद्ध आक्रमण गरिरहेको छ । यो कदमले दुई महिनादेखि चल्दै आएको युद्धविराम भङ्ग भएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट