Techie IT
Samayabaddha
बुधबार, १२ चैत्र, २०८१

क्यानडामा मध्यावधि चुनाव घोषणा


क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले आउँदो अप्रिल २८ तारिखमा मध्यावधि चुनाव गर्ने घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार युद्ध चलिरहेको बेलामा प्रधानमन्त्रीको रूपमा शपथ लिएका कार्नीले एक हप्तामै मध्यावधि चुनावको घोषणा गरेका बीबीसीले जनाएको छ ।

चुनावमा लिबरल पार्टीका कार्नीले कन्जर्भेटिभ पार्टीका नेता पियर पोइलिएभरसँग प्रतिस्पर्धा गर्ने भएका छन् । पूर्वबैंकर कार्नी राजनीतिमा नयाँ हुन् । ४५ वर्षका पियर भने अनुभवी नेता हुन्।

पछिल्लो चुनावी विश्लेषणहरूले दुई पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गर्दै आएको छ । चुनाव घोषणा भएसँगै क्यानडाको संसद् पनि भङ्ग भएको छ ।

छिमेकी देश तथा सबैभन्दा ठूलो आर्थिक साझेदार अमेरिकाले व्यापार युद्ध सुरू गरेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१औं अमेरिकी राज्य बनाउने बताइरहेका बेला क्यानडाका मतदाताहरूले देशको नेतृत्व छान्नेछन् । क्यानडाको चुनावमा आवास र आप्रवासनजस्ता घरेलु मुद्दाहरू निकै महत्त्वपूर्ण हुने गर्छन् । सँगै यो पटक देशको भविष्यसँग जोडिएको अस्तित्वकै प्रश्नहरू पनि आएका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट