शान्ति सम्झौता नगरे रूसविरूद्ध कडा कदम चाल्ने फ्रान्सका राष्ट्रपतिको चेतावनी

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंनले युक्रेनसँग शान्ति सम्झौता गर्न अस्वीकार गरे रूसविरूद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् । अमेरिका र युरोप शान्ति स्थापनाको पक्षमा रहेको तर रूसले युक्रेनमा बालबालिका र सर्वसाधारण मारिरहेको भन्दै उनले युद्ध रोक्न रुस नमानेमा कडा कदम चाल्ने बताएका अन्तराष्ट्रिय समाचारसंस्था रोयटर्सले जनाएको छ ।
तीन दिन अघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृह सहर क्रिभी रिहमा रूसले मिसाइल आक्रमण गर्दा नौ बालबालिकासहित २० जना सर्वसाधारणको मृत्यु भएको थियो । रूस–युक्रेन युद्ध अन्त्यका लागि मध्यस्त गरिरहेको अमेरिकाले शुरुमा ३० दिनको युद्धविराम गर्ने प्रस्ताव गरेको थियो ।
युक्रेनले अमेरिकाको प्रस्ताव शुरूवातमै स्वीकार गरे पनि रूसले सहमति नजनाउँदा युद्धविराम हुन सकेको छैन । रूस उर्जा संरचनामा आक्रमण नगर्न र ब्ल्याक सीमा जहाज सञ्चालन गर्न सहमत भए पनि अस्थायी युद्धविराममा सहमत भएको छैन । म्याक्रोंनले रुस सहमत हुने आशा रहेपनि धैर्यता गुमाउँदै गएको बताएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया