Techie IT
Samayabaddha
मंगलबार, २३ वैशाख, २०८२

गाजामा विस्तारवादी मनशायविरुद्ध टर्की राष्ट्रपतिको चेतावनी


टर्की, २७ चैत । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजा पट्टीमा इजरायलको विस्तारवादी महत्वाकांक्षाको आलोचना गरेका छन् । यस्ता कार्यहरूले सबै संलग्न पक्षहरूलाई हानि पुर्‍याउने र क्षेत्रभर शान्ति प्रयासहरूलाई कमजोर पार्ने बताए ।

विस्तारवादी मनशायका साथ नयाँ नक्शाहरू बनाउने कामले कसैलाई फाइदा नगर्ने उनको भनाइ छ । टर्कीका राष्ट्रपतिले हिंसा रोक्न र गाजामा शान्ति पुनस्र्थापित गर्न टर्कीको प्रतिवद्धतामा जोड दिए ।

गाजामा भइरहेको नरसंहार रोक्न, युद्धविराम हासिल गर्न र शान्तिको बाटो खोल्न आफ्नो शक्तिले भ्याएसम्म सबै गरिरहेको उनको भनाइ छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट