Techie IT
Samayabaddha
आईतबार, १४ वैशाख, २०८२

क्यानडामा मानिसको भीडमा कार जोतिँदा ९ जनाको मृत्यु


क्यानडाको भ्यानकुभर शहरको सडक महोत्सवमा मानिसहरूको भीडमा कार जोतिँदा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । फिलिपिनो समुदायले ‘लापु लापु डे’ मनाइरहेको बेलामा भीडमा एउटा कार जोतिँदा अन्य थुप्रै मानिसहरू घाइते भएका बीबीसीले जनाएको छ ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ ‘भयानक घटना’ बाट ‘निराश’ भएको बताएका छन् ।

यसैबीच प्रहरीले कारका चालक ब्रिटिश कोलम्बिया शहरका ३० वर्षीय पुरुषलाई हिरासतमा लिएको छ । घटनामा कुनै पनि आतङ्कवादी समूहको संलग्नता नदेखिएको प्रहरीले बताएको छ ।

घटनापछि सामाजिक सञ्जालहरूमा पोस्ट भएका भिडिओहरूमा मानिसहरू सडकमा लडिरहेका अवस्थामा देख्न सकिन्छ । यस्तै भीडमा जोतिएको कारको अगाडिको भाग कुच्चिएको छ र त्यो कार घटनास्थल नजिकै रोकिएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट