भारतसहित नेपालका अनुदान रोक्दै एलन मस्क

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी एलन मस्कले भारतलाई चुनावमा मतदाताहरुको सहभागिता बढाउन दिँदै आएको भारू एक अर्ब ८२ करोडको वित्तीय सहयोग खारेज गरेका छन् ।
अमेरिकी सरकारमा सरकारको प्रभावकारितासम्बन्धी विभाग अथवा डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सीका प्रमुख मस्कले शनिबार यस्तो निर्णय गरेका हुन् । मास्कको अगुवाइमा गठित डीओजीईले जारी गरेको सूचीमा १५ किसिमका कार्यक्रमका लागि दिइने अमेरिकी सहयोग रकम खारेज गरिएको जनाइएको छ ।
यसमा विश्वभर चुनावी प्रक्रियालाई बलियो बनाउन दिइने यो कोष ४२ अर्ब बराबरको रहेको थियो । ४२ अर्बको यो कोषमध्येबाट एक अर्ब भारतका लागि छुट्याइएको थियो । भारतको सत्तारुढ भारतीय जनता पार्टीका सूचना प्रविधि सेलका प्रमुख अमित मालवीयले यो कोषको प्रयोग भारतमा चुनाव प्रभावित गर्न गरिएको जनाउँदै भारतको कांग्रेस पार्टी र अमेरिकी अर्बपति जर्ज सोरासले चुनावमा हस्तक्षेप गरेको दाबी गरेका छन् ।
खारेज गरिएका कोषहरूमा ८६ करोड भारुको मोजाम्बिकमा पुरुषलाई स्वेच्छिक रूपमा मुसलमान बनाउन वा खतना गराउने कोष, ४२ अर्ब भारुको चुनाव र राजनीतिक प्रक्रिया बलियो पार्ने कोष, ८४ करोड भारुको कम्बोडियाली युवालाई सिप सिकाउने कोष, २० करोड भारुको कम्बोडियामा स्वतन्त्र आवाज बुलन्द पार्न, दुई अर्ब ५१ करोड भारुको बंगलादेशमा राजनीतिक परिदृश्य बलियो पार्न र प्रागमा नागरिक समाज केन्द्र बलियो पार्न दुई अर्ब ७७ करोड बराबरको कोष रहेका छन् ।
यसैगरी लैंगिक समानता र महिला सशक्तीकरण केन्द्रका लागि तीन अर्बको कोष, नेपालमा वित्तीय सहयोगका लागि एक अर्ब ७३ करोड र नेपालका लागि जैविक विविधता संरक्षणका लागि एक अर्ब ६४ करोड, लाइबेरियाको मतदाताहरुको प्रोत्साहन कोष १३ करोड, सर्बियामा सार्वजनिक खरिद प्रक्रिया सुधार कोष एक अर्ब भारुको कोष खारेज भएका छन् ।
यसैगरी मालीमा सामाजिक एकता कोष एक अर्ब, साउथ अफ्रिकामा समावेशी लोकतन्त्र कोष २१ करोड, एसियामा सिकाइ प्रतिफल बढाउने कोष ४अर्ब र कोसोभोमा रिसाइकल मोडल विकसित गर्न १७ करोड भारुको अमेरिकी सहयोग कोष मस्कले खारेज गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
क्याटेगोरी : अन्तर्वार्ता
प्रतिक्रिया