Techie IT
Samayabaddha
शुक्रबार, ९ फागुन, २०८१

अमेरिका पठाइदिन्छु भन्दै चार लाख रुपैयाँ ठगी गरेको अभियोगमा उदयपुरकी शर्मिला बिष्ट पक्राउ


काठमाडौं, ६ फागुन । आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उदयपुर बेलका नगरपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ३२ वर्षीया शर्मिला बिष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

शर्मिलाले अमेरिका पठाइदिन्छु भन्दै पीडितबाट ४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


क्याटेगोरी : जनमञ्च

प्रतिक्रिया


ताजा अपडेट