Techie IT
Samayabaddha
बुधबार, ५ चैत्र, २०८१

प्रचण्डको फोटो जलाउने बम पक्राउ


काठमाडौं, ३ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्धी पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनमा आबद्ध निराजन बम छन् ।

हिजो चैत २ गते शनिबार मकवानपुरको हेटौँडामा उनले प्रचण्डको तस्बिर जलाएका थिए । आइतबार चितवनबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जानकारी दिएको छ ।

भरतपुर विमानस्थल हुँदै काठमाडौं आउन लागेका बेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : जनमञ्च

प्रतिक्रिया


ताजा अपडेट