Techie IT
Samayabaddha
सोमबार, १७ चैत्र, २०८१

विवाह उमेर घटाउने कि ‘रोमियो जुलियट ल’को अवस्था सिर्जना हुन दिने : गृहमन्त्री लेखक


काठमाडौँ, ११ चैत । गृहमन्त्री रमेश लेखकले विवाह गर्ने उमेरबारे पुनःविचार गर्न प्रस्ताव गरेका छन्। आइतबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा मन्त्री लेखकले विवाहको उमेरबारे गम्भीर भएर सोच्नुपर्ने बताएका हुन्।

बालबालिका सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढेको जानकारी गराउँदै उनले अहिले कानुनी रुपमा विवाहका लागि कायम २० वर्षे उमेर उपयुक्त नभएको आशय व्यक्त गरेका हुन्। गत वर्ष महान्यायाधीवक्रा कार्यालयले गरेको एक अध्ययनले पनि विवाहको उमेरमाथि पुनःविचार गर्न सुझाव दिएको थियो।

विवाह गर्न पाउने उमेर बढी राख्दा त्यसले विभिन्न खालका सामाजिक तथा कानुनी समस्या बढ्दै गएको निष्कर्ष निकाल्दै सरकारी निकाय त्यसमाथि कार्यान्वयनमा आएको ६ वर्षमै पुनःविचार गर्नुपर्ने पक्षमा देखिएका हुन्। २०७५ भदौ १ गतेदेखि लागू भएको देवानी संहिताले विवाहको उमेर २० वर्ष कायम गरेको छ।

कानुन समितिको बैठकमा गृहमन्त्री लेखकले संहिता संशोधनको प्रक्रिया अहिले मन्त्रिपरिषद्‌मा विचाराधीन रहेको र त्यस विधेयकमा विवाहको उमेर घटाउने विषयमा छलफल गरिरहेको जानकारी दिए ।

उनले विवाह उमेर घटाउने कि ‘रोमियो जुलियट ल’को अवस्था सिर्जना हुन दिने त्यसमा छलफल भएको उनको विचार थियो। कानुन समितिमा यसअघि पनि विवाहको उमेर घटाउनुपर्ने विषयमा आवाज उठ्दै आएको छ। आइतबारको बैठकमा पनि सांसदहरुले विवाहको उमेरमाथि पुनःविचार हुनुपर्ने बताएका छन्।


क्याटेगोरी : जनमञ्च

प्रतिक्रिया


ताजा अपडेट