Techie IT
Samayabaddha
मंगलबार, १८ चैत्र, २०८१

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा अर्को उजुरी दर्ता


काठमाडौं, १७ चैत । राजावादी आन्दोलनका कमान्डर विवादास्पद व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा अर्को उजुरी परेको छ । उनीविरुद्ध यसअघि १५ चैतमा पनि साइबर ब्युरोमा उजुरी परेको थियो । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भनेको बेला पनि उनीविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो । त्यसबेला धरौटी बुझाएर उनी रिहा भएका थिए ।

आइतबार यौनिक तथा अल्पसंख्यक समुदायलक्षित भ्रामक र झुटो विवरण प्रस्तुत गरेको दाबी गरी साइबर ब्युरोमा उजुरी परेको हो । यही विषयमा यसअघि सुनीलबाबु पन्तले पनि साइबर ब्युरोमा उजुरी दिएका थिए ।

तर, प्रसार्ईं भने शुक्रबार तीनकुनेमा हिंसात्मक प्रदर्शनको नेतृत्व गरेपछि फरार छन् । आइतबार मात्र उनले सामाजिक सञ्जालमार्फत आफू काठमाडौंभित्रै कुनै मन्दिरमा लुकेको बताएका छन् ।


क्याटेगोरी : जनमञ्च

प्रतिक्रिया


ताजा अपडेट