कार्यबाहक प्रधानमन्त्रीसँग आन्दोलनरत शिक्षकहरुले वार्ता नगर्ने

काठमाडौं, २२ चैत । कार्यवाहक प्रधामन्त्रीसहित सरकारी टोलीले बोलाएको वार्तामा शिक्षक महासंघ नजाने भएको छ । शुक्रबार बोलाइएको बैठकमा महासंघ नजाने भएको हो ।
यसअघि नै सबै सहमति भइसकेको भन्दै अब वार्ताको आवश्यकता नरहेको महासंघले जनाएको छ । पुराना सम्झौता लागू गर्दै शिक्षा विधेयक तुरुन्त ल्याउनुपर्ने भन्दै शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन् ।
गतवर्ष ५ असोजमा शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो ।
क्याटेगोरी : जनमञ्च
प्रतिक्रिया