Techie IT
Samayabaddha
सोमबार, २४ चैत्र, २०८१

कालो मास्क लगाएर शिक्षकहरुको मौन प्रदर्शन


काठमाडौं, २५ चैत । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूको शैक्षिक हडताल काठमाडौंमा ६ दिनदेखि जारी । शिक्षकहरूले सोमबार काठमाडौंको बबरमहल–माइतिघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् ।

काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् । महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ ।

आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौंमा केन्द्रीत भएका छन् । उनीहरूले शिक्षा क्षेत्रको सुधारका लाग विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसुत्रीय माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् । आफूहरूको मागका विषयमा प्रधानमन्त्रीले सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ ।

महासंघले घोषणा गरेको शैक्षिक हडताललाई विभिन्न शिक्षक संघले समेत समर्थन गरेको छ । शैक्षिक हडतालका कारण शैक्षिक गतिविधि प्रभावित भएको छ ।


क्याटेगोरी : जनमञ्च

प्रतिक्रिया


ताजा अपडेट