Techie IT
Samayabaddha
शनिबार, १३ पुस, २०८१

ताराकान्त पाण्डेय स्मृति पुरस्कार निनु चापागाइँलाई प्रदान गरिने


काठमाडौँ, १२ पुस । यस वर्षको तारा स्मृति पुरस्कार वरिष्ठ मार्क्सवादी सौन्दर्य चिन्तक तथा समालोचक निनु चापागाइँलाई प्रदान गरिने भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानदले यो पुरस्कार चपागाइँलाई प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष समेत रहेका वरिष्ठ मार्क्सवादी समालोचक प्रा.डा. ताराकान्त पाण्डेयको गत वर्ष पुस सत्ताइस गते दाङको भालुवाङमा बस दुर्घटनामा परि मृत्यु भएको थियो । उनको स्मृतिमा पाण्डेयका परिवारजनको मुख्य लगानी तथा इच्छुक प्रतिष्ठान र पाण्डेय सम्बद्ध पार्टीको सहयोगमा उक्त पुरस्कारका लागि अक्षयकोष स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले बताए ।

सोही अक्षयकोषबाट हरेक वर्ष एकलाख रुपैयाँ पुरस्कार र सम्मानपत्र प्रदान गरिने अध्यक्ष दुःखीको भनाइ छ ।

पुरस्कार यसै वर्षदेखि प्रदान गरिन थालेको र सो पुरस्कार आगामी माघ २ गते ताराकान्त पाण्डेयको स्मृति दिवसका दिन प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । पाण्डेयको निधन पुस सत्ताइस गते भएतापनि उनलाई माघ २ गते मात्रै अन्तिम श्रद्धाञ्जली दिएर बिदाइ गरिएकोले सोही दिनमा नै हरेक वर्ष स्मृति दिवस मनाउने प्रतिष्ठानले जनाएको छ ।

 


क्याटेगोरी : साहित्य

प्रतिक्रिया


ताजा अपडेट