लुतो (कविता)

लुतो आयो सातो लियो
धेरै कन्यायो घाऊ भयो
०६२/६३मा फालेको लुतो
फेरी आउँने संकेत गर्यो
औषधिले काम गरेन कि ?
औषधि गलत पो पर्यो कि ?
अव पुरानै औषधी होइन,
नयाँ र परिस्कृत प्रयोगशालाबाट आबिस्कार गरौँ ।
लुतो नियन्त्रण गर्न शरिर नै नकाटौँ
मिति गुज्रिएको औषधि पुनः प्रयोग नगरौँ
राणा, पञ्चालयत र राजतन्त्रको लुतो
साउँने सङ्क्रान्तिमा अगुल्टो मन्सिएर जाँदैन
गाउँगाउँका सिंहदरबारले सधैँका लागि
लुतोबिरुद्धका गुणस्तरीय झोल, चक्की समयमै बाडौँ
पटक–पटक बल्झिन खोज्ने लुते खटिरा
जरैदेखि उज्मूलन गरौँ ।
क्याटेगोरी : साहित्य
ट्याग : #jwala, #luto, #phadindra phuyal jwala, #लुतो
प्रतिक्रिया