Techie IT
Samayabaddha
बिहीबार, ३ माघ, २०८१

माओवादीले पहिला जितेको जाजरकोटको एउटा वडा गुमायो, कांग्रेसले खोस्यो


काठमाडौँ / जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । आज सम्पन्न भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंहले नेकपा माओवादी केन्द्रका उम्मेदवार गोरखबहादुर नेपालीलाई १५ मतको फराकिलो अन्तरले पराजित गरे ।

सिंहले कुल ३४७ मत प्राप्त गरे भने माओवादीका गोरखबहादुर नेपालीले ३३२ मत प्राप्त गरेका थिए । यससँगै माओवादीले पहिला जितेको यो वडा गुमाएको हो ।

उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने  नेकपा एमालेका डम्बरबहादुर घर्तीले २५२ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका लाल बहादुर खत्रीले ७ मत प्राप्त गरे ।

कुल ९५६ मतदाता मध्ये १६ मत बदर भएको थियो । यस उपनिर्वाचनको परिणामले माओवादीको पकडमा रहेको यो क्षेत्र अब कांग्रेसको कब्जामा गएको छ ।

यसअघि माओवादीका मनबहादुर घर्ती यस वडामा निर्वाचित भएका थिए ।


क्याटेगोरी : पालिका

प्रतिक्रिया


ताजा अपडेट