रोल्पामा माओवादीको आधार थप कमजोर, कांग्रेसले जित्यो रुन्टीगढी गाउँपालिका–४
रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसका भूपमणि पुन मगर वडाध्यक्ष निर्वाचित भएका छन् । उनले छ सय ४३ मत ल्याएर माओवादी र एमालेका उम्मेदवारलाई पछि पार्दै जित हासिल गरेका छन् । यस क्षेत्रमा माओवादी आधार थप कमजोर भएका कारण जनअसन्तुष्टि प्रकट भएको विश्लेषण गरिएको छ ।
यस वडामा एमालेकी बेगम पुनले ५३५ मत प्राप्त गरे । जबकि माओवादीका उम्मेदवार नरेशजंग सिंहलाई ७० र राप्रपाका पहलबहादुर वलीलाई १० मत मात्रै प्राप्त भयो ।
यो परिणामले माओवादी केन्द्रको जनाधारमा गिरावट आएको संकेत दिइरहेको छ । यस क्षेत्रका जनतामा असन्तुष्टि बढेको देखाउँछ । २०७९ को स्थानीय चुनावमा पनि कांग्रेसले यो वडामा विजय हासिल गरेको थियो । त्यस समयमा कांग्रेसका उम्मेदवार टंकबहादुर पुनले ४८८ मत प्राप्त गरेर एमालेलाई ४८० मतको नजिक पुगेका बेगम पुनलाई पराजित गरेका थिए । माओवादीका उम्मेदवार शिवलाल रोकाले भने २०३ मत प्राप्त गरेका थिए ।
क्याटेगोरी : पालिका
प्रतिक्रिया