Techie IT
Samayabaddha
बिहीबार, ३ माघ, २०८१

कालीकोटको तिलागुफा नगरपालिकामा पनि माओवादी केन्द्रको सिट गुम्यो


कालीकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं ४ मा भएको वडा अध्यक्षको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को उम्मेदवार खड्कराज शाहीले विजयी भएका छन् । यस विजयसँगै माओवादी केन्द्रले गुमाएको सिट नेपाल मजदुर किसान पार्टीले कब्जा गरेको हो ।

मतगणनामा नेमकिपाका उम्मेदवार खड्कराज शाहीले १४३ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका उम्मेदवार नैशोभा शाहीले ११५ मत ल्याएका थिए । यसरी शाहीले माओवादी केन्द्रका उम्मेदवारलाई २८ मतको फराकिलो मतान्तरले हराएका छन् ।

यता, एमाले उम्मेदवार ऐन वहादुर शाहीले ७८ मत प्राप्त गरे भने नेपाली कांग्रेसका उम्मेदवार पैलवहादुर शाहीले ४९ मत ल्याएका छन् । राप्रपाका गोगनवहादुर शाहीले १७ मत र रास्वपाका गगन बमले ५ मत प्राप्त गरेका छन् । चार मत बदर भएको छ ।

२०७९ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रका परवहादुर शाही विजयी भएका थिए । तर, परवहादुर शाहीको निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो । खड्कराज शाहीको जितले कालीकोट जिल्लामा नेमकिपाको प्रभावलाई अझ सुदृढ गरेको छ । माओवादी केन्द्रका लागि यो ठूलो झट्का हो, जसले आफ्नो सिट गुमाएको छ । यो जितले नेपालको ग्रामीण क्षेत्र, जहाँ आधार मानिएको छ, माओवादी केन्द्रको प्रभाव कमजोर भएको संकेत गर्दछ ।

यो पनि पढ्नुहोस, माओवादीले पहिला जितेको जाजरकोटको एउटा वडा गुमायो, कांग्रेसले खोस्यो

 

 


क्याटेगोरी : पालिका

प्रतिक्रिया


ताजा अपडेट