Techie IT
Samayabaddha
सोमबार, ३ चैत्र, २०८१

तुलसीपुर सडक खण्डको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते


तुलसीपुर, ४ चैत । घोराही तुलसीपुर सडक खण्डको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सूर्य रानाकाअनुसार घोराहीबाट तुलसीपुरतर्फ आउँदैगरेको अम्बिकेश्वरी यातायात प्रालिको रा १ ख ३१२६ नम्बरको बस तुलसीपुर –१७ र १८ नम्बरको सिमानामा पर्ने बेल्झुण्डीनजिक मोटरसाइकलसँग ठोक्किदा दुर्घटना भएको हो ।

सोही दिशातर्फ आउँदैगरेको रा ६ प २६२९ नम्बरको मोटरसाइकलले बसलाई ओभरटेक गरी एक्कासी मोड्नेक्रममा बस अनियन्त्रित भएर सडक किनारमा पल्टिएर दुर्घटना भएको हो । एक्कासी बसले ब्रेक लगाउँदा मोटरसाइललाई सामान्य ठक्कर दिँदा मोटरसाइकल चालक पनि घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य सबैको अवस्था सामान्य रहेकाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : पालिका

प्रतिक्रिया


ताजा अपडेट