एसईईका विद्यार्थीलाई गन्तव्यमा पुग्न समस्या भएर खबर गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं, १५ चैत । काठमाडौं महानगरपालिकाले एसईईका विद्यार्थीलाई गन्तव्यमा पुग्न समस्या भएर खबर गर्न आग्रह गरेको छ ।
काठमाडौं महानगर प्रहरी बलले काठमाडौं महानगरपालिकाभित्र एसईई दिने विद्यार्थीलाई गन्तव्यमा पुग्न सवारीसाधन उपलब्ध नभए खबर गर्न आग्रह गरेको हो ।
महानगर प्रहरी बलले विद्यार्थीलाई गन्तव्यमा पुर्याउन सहयोग गर्ने बताएको छ । महानगर प्रहरी बल बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकुमा खबर गर्न भनिएको छ ।
समाजवादी मोर्चा र राजावादी समूहको आज काठमाडौंमा प्रदर्शन रहेकाले बिहानैदेखि सवारी आवागमनमा समस्या देखिएको छ ।
क्याटेगोरी : जनमञ्च, पालिका
प्रतिक्रिया