काठमाडौं महानगरका कर्मचारी र जनप्रतिनिधिले पाए तीन महिनोदेखि रोकिएको तलब

काठमाडौं, २५ चैत । काठमाडौं महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले तीन महिनादेखि रोकिएको तलब पाएका छन् । कर्मचारीको खातामा आज तलब पठाइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
उनका अनुसार, कुचीकारदेखि मेयरसम्मका पाँचहजार बढी कर्मचारी र जनप्रतिनिधिको बैंक खातामा आज तलब पठाइएको छ ।
लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिले तलब पाउन सकेका थिएनन् । चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालयमा हाजिर गरेपछि तलबको प्रक्रिया अगाडि बढेको थियो ।
क्याटेगोरी : पालिका
प्रतिक्रिया