बागलुङको तमानखोलामा जिप दुर्घटना हुँदा १० जना घाइते

बागलुङ, १ वैशाख । बागलुङको तमानखोला गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
सोमबार दिउँसो तमानखोलाको बोङ्गादोभानबाट भएरकटेरीतर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जिप वडा नं २ कटेरीमा दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डिएसपि० विजय यादवले जानकारी दिए ।
उनले जिपमा चालकसहित ११ जना सवार रहेको र १० जना घाइते भएको बताए ।
घाइतेहरुको उद्धार गरी उपचारको लागि बुर्तिबाङ अस्पताल बागलुङ पठाएको छ । घाइतेहरुको नामावली खुल्न बाँकी रहेको डिएसपि यादवले बताए। जिप उकालोमा ब्रेक फेल भई सडकमा नै पल्टिएको हो ।
क्याटेगोरी : पालिका
प्रतिक्रिया