जिप दुर्घटना हुँदा ३०० कुखुरा मरे

स्याङ्जा, १५ वैशाख । भीरकोट नगरपालिका – १ लामाचौरस्थित सिद्धार्थ राजमार्गमा सोमबार जिप दुर्घटना भएको छ ।
दाङबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ६४३३ नम्बरको जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारीले बताए ।
बोईलर कुखुरा बोकेको उक्त जिपमा रहेका ४५० कुखुरामध्ये तीन सय मरेका छन् भने दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले निरीक्षक तिवारीले बताए ।
क्याटेगोरी : पालिका
प्रतिक्रिया