Techie IT
Samayabaddha
सोमबार, १५ वैशाख, २०८२

बर्दियामा चितुवाले आक्रमण गर्दा एक बालिकाको मृत्यु


गुलरिया, बर्दिया, १५ वैशाख । बर्दियाको गुलरिया नगरपालिका ८ मा रहेको सर्जु मतङ्गा सामुदायिक वनमा चितुवाले आक्रमण गर्दा एक बालिकाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका वडा ६ गुप्तीपुर बस्ने टोपबहादुर खड्काकी छोरी ९ वर्षीया मेलिना खड्को मृत्यु भएको हो ।

आफ्नै काकाको घरमा पाहुना खान आएको समयमा काकी आकृती खड्कासँग सामुदायिक वनमा घाँस काट्न गएको अवस्थामा बिहान साढे आठ बजे मेलिनालाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले आक्रमण गर्नसाथ उनको उद्धार गरि बर्दिया अस्पताल पुर्याइएको थियो ।

बर्दिया अस्पतालमा चिकित्सकले उनको मृत घोषणा गरेका थिए । मृत बालिकाको शवको पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्ण डाँगीले बताए । पछिल्लो समयमा बर्दिया जिल्लाको सदरमुकाममा चितुवाको आतङ्क बढ्दै गएको छ ।


क्याटेगोरी : पालिका

प्रतिक्रिया


ताजा अपडेट