Techie IT
Samayabaddha
शनिबार, १३ पुस, २०८१

गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा आजलाई पेसी


पूर्वमन्त्री गोविन्दराज जोशीको मुद्दामा आजलाई पेसी तोकिएको छ । मंगलबार ‘हेर्दा हेर्दै’मा परेको मुद्दामा आजलाई पेसी तोकिएको हो ।

जेठ १ गतेदेखि नै सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा हेर्दा हेर्दैमा राखिएको यो मुद्दामा आजलाई पेसी तोकिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ सालमा अनुसन्धान थालेकोमा २०६० पुस १८ गते जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । जोशीलाई तीन करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँको विगो कायम गरी मुद्दा दायर भएको थियो ।

जोशीसँगै गैरकानुनी सम्पत्ति लुकाएको आरोप पत्नी सविता पन्त, जेठीसासू चोलाकुमारी पन्त, सासू नीरकुमारी, साला बासुदेव पन्त, अनि बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो । तर, २०६३ कात्तिक ३० मा विशेष अदालतले अनुसन्धानको हदम्यादका आधारमा जोशीलाई सफाइ दिएको थियो ।

त्यसविरुद्ध अख्तियार र जोशी दुवैले ०६९ सालमा सर्वोच्चमा रिट दायर गरेकोमा सर्वोच्चले ०७० भदौ १२ मा विपक्षी झिकाउने आदेश गरेका थियो । त्यसपछि ब्युँतिएको जोशीको मुद्दामा झन्डै ११ वर्षपछि नियमित सुनुवाइ अघि बढेको हो । जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला अब न्यायाधीशद्वय शर्मा र ढकालको इजलासले नै गर्नेछ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट