मरिण गाउँपालिकाले असार ३ देखि ७ गतेसम्म निशुल्क प्लाष्टिक सर्जरी शिवीर संचालन गर्ने
सिन्धुलीको मरिण गाउँपालिकाले असार ३ गतेबाट स्वास्थ्य शिवीर संचालन गर्ने भएको छ ।
शिवीरमा जन्मदै ओंठ तथा तालु फाटेकाहरुका लागि निशुल्क प्लाष्टिक सर्जरी (शल्यक्रिया) संचालन गर्न लागेको हो । गाउँपालिकाले हाल सांलनको लागि छनौट (स्क्रिनिङ) कार्यक्रम संचालन भइरहेको हुँदा सबैलाई आवश्यक सहयोग एवं प्रचार प्रसारको लागि अनुरोध गरेको छ ।
गाउँपालिकाले आफूअन्तरगतका सबै वडा, स्वस्थ्य संस्था, विद्यालय र महिला तथा बालबालिका शाखालाई आवश्यक सहयोगको लागि आव्हान गरेको छ ।
शिवीर कल्पवृक्ष स्वास्थ्य चौकीमा असार ३ गते, २ नं. वडा कार्यालयको भवन, मङु्ग्रेदोभानमा असार ३ गते, खयरसाल आधारभूत स्वास्थ्य केन्द्रमा असार ५ गते, कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा असार ६ गते र महादेवस्थान स्वास्थ्य चौकीमा असार ७ गते संचालन हुनेछ ।
शिवीरमा शल्यक्रिया निशुल्क हुनुका साथै सेवाग्राहीको सम्पूर्ण जाँच र औषधी खर्च उपलब्ध हुनेछ । सेवाग्राहीलाई आउने जाने भाडा, बस्ने र खाने खर्च उपलब्ध हुनेछ ।
हेर्नुहोस् सूचना :
क्याटेगोरी : समाचार
प्रतिक्रिया