Techie IT
Samayabaddha
बुधबार, २८ फागुन, २०८१

कोन्ज्योसोम गाउँपालिकाले नीति तथा कार्यक्रमको छलफलको लागि जेठ २७ गते बैठक बोलायो


आर्थिक वर्ष ०८१÷८२ को छलफलको लागि कोन्ज्योसोम गाउँकार्यापालिका, ललितपुरले जेठ २७ गते आईतबार बैठक बोलाएको छ ।

कार्यक्रम गाउँकार्यापालिकाको कार्यालय प्राङ्गण, चौघरेमा बिहान ११ बजे हुनेछ ।

कार्यक्रममा गाउँपालिकाको विकास एवं समृद्धिका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न सकिने कार्यान्वयन योग्य, रचनात्मक एवं नविनतम राय र सुझाव संकलन गरिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जारी गरिएको वक्तव्यमा बुद्धिजीवि, विज्ञ, राजनैतिक दल, समाजसेवी, व्यवसायी, संघसंथा र संचारकर्मीहरुको उपस्थितिको लागि अनुरोध गरिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट