मरिण गाउँपलिका वडा नं. १ का उद्यमीहरुलाई सामग्री वितरण

मरिण गाउँपालिका १ नं. वडा कार्यालयले उद्यमीहरुलाई प्लाष्टिक टनेल, प्लाष्टिक पोखरी र स्प्रे ट्याङ्की बितरण गरेको छ ।
गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत जेठ २९ गते वडाअध्यक्ष हिराबहादुर गुर्मछानको सभापतित्वमा यो कार्यक्रम भएको हो ।
वडा सदस्य र कर्मचारीहरुको सहभागीतामा आयोजित यस कार्यक्रममा २१ जना उद्यमीहरुले सामग्री प्राप्त गरेका थिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया