Techie IT
Samayabaddha
शनिबार, १३ पुस, २०८१

कमलामाई नगरपालिकाले लक्षितवर्गसँग नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयमा छलफल गर्यो


कमलामाई नगरपालिकाले लक्षितवर्गसँग नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयमाथि जेठ २९ गते छलफल गरेको छ ।
नगरपालिकाका कार्यवाहक नगरप्रमुख एवं नगर उपप्रमुख मन्जु देवकोटाको अध्यक्षतामा आर्थिक वर्ष २०८१÷०८२ को बजेट नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने विषयमाथि छलफल भएको हो ।

छलफलमा सामाजिक विकास समितिका संयोजक एवं वडा नं ६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापा, कार्यपालिका सदस्यहरु, सम्बन्धित शाखाका प्रमुख, कर्मचारीहरु, टोल विकास संस्था प्रतिनिधी, बाल सञ्जाल प्रतिनिधी, दलित,जनजाती महिला संघ÷संस्था प्रतिनिधी, विद्यालयका शिक्षक प्रतिनिधी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यवाहक नगरप्रमुख मन्जु देवकोटाले लक्षित समुदायलाई खुला छलफलमा बोलाई कार्यक्रम माग गर्ने अभ्यास हरेक वर्ष गर्ने गरेको बनाउँदै आगामी बजेट तर्जुमा गर्नु अगाडी वडा–वडा तहसम्म सरोकारवालासँग छलफल गर्ने बचन बद्धता व्यक्त गरिन् ।

उनले विपद व्यवस्थापनमा र लक्षित वर्ग लाभान्वित हुने कार्यक्रममा बजेट प्राथमिकिकरण गर्नुपर्ने बताईन् ।

छलफलमा कार्यपालिका सदस्य देवी देवकोटा र सामाजिक विकास समिति संयोजक उज्ज्वलकुमार थापाले सिमित स्रोतबाट जनताका असिमित आवश्यकता सम्बोधन गर्नुपर्ने भएकाले प्राथमिकताको आधारमा योजना कार्यान्वयन गर्दै जानुपर्ने धारणा राखे ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट