श्रमजीवी पत्रकार संघले इमेलमार्फत बुझायो हस्ताक्षर

काठमाडौ । श्रमजीवी पत्रकार संघ, नेपालले पत्रकार महासंघको निर्वाचन निर्धारित समयमै सम्पन्न गर्न दबाबस्वरुप असार ५ र ६ गते संकलन गरेको हस्ताक्षर महासंघको इमेलमार्फत बुझाएको छ । संघका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा संकलित हस्ताक्षर महासंघ अध्यक्ष र अध्यक्ष मण्डलले बुभ्mन इन्कार गरेपछि इमेलमार्फत बुझाइएको हो ।
सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालय र भृकुटीमण्डपमा दुई दिनसम्म चलेको हस्ताक्षर अभियानमा सयौं श्रमजीवी पत्रकारहरुले सहभागिता जनाएका थिए । तत्काल निर्वाचन गरेर श्रमजीवी पक्षीय नेतृत्वलाई निर्वाचित गर्ने वातावरण बनाउन दबाब अनिवार्य भएको हस्ताक्षर अभियानमा सहभागी पत्रकार गोविन्द देवकोटाले बताए ।
श्रमजीवी पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको महाधिवेशनको उद्घाटन भएर तय भएको निर्वाचनको तिथि स्थगित भएर अन्यौलको वातावरण बनेपछि श्रमजीवी पत्रकार संघले विभिन्न खालका दबाबमुलक कार्यक्रम गर्दै आएको थियो । संघका अध्यक्ष जैसीसँगको कुराकानीमा महासंघका अध्यक्ष विपुल पोखरेल र अध्यक्ष मण्डलका सदस्यद्धय हस्ताक्षर बुभ्mन नमानेपछि संकलित हस्ताक्षर बुझाएर थप दबाब सिर्जना भएको छ
महासंघको केन्द्रीय कार्यसमिति अधिकारविहीन भएर तदर्थ समितिमा बदलिएकाले अध्यक्ष मण्डलतिर जिम्मेवारी देखाउने, महाधिवेशन सम्पन्न गर्न बनेको तीन सदस्यीय अध्यक्ष मण्डलले निर्वाचन नभएको जिम्मेवारी नलिने अवस्था रहनु दुःखत् भएको पत्रकारहरुको गुनासो छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा कहिलेकहीँ श्रमजीवी पत्रकारहरुको मुद्दामा सकारात्मक भूमिका खेलेर स्थापित पत्रकार महासंघ वेवारिसे बन्ने खतरा बढेकोमा पत्रकारहरु चिन्तित छन् ।
अध्यक्ष मण्डललाई सदस्यता सम्बन्धी विवादबारे सुझावसहित हल गर्न दिएको म्याण्डेटलाई सदस्यताको विवादमात्र भनेर अध्यक्ष मण्डलका सदस्यहरु पञ्छिन खोज्नु दुःखत् हो संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ’, ‘नयाँ नेतृत्व छान्ने प्रक्रिया नै अलपत्र पर्ने खतरा बन्यो ।’ र्
महासंघको मुख्य नेतृत्व र अध्यक्ष मण्डलको गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति तथा व्यवहारले हामीलाई हैरानी बनायो, यसर्थ श्रमजीवी पत्रकारहरुको साझा र प्रभावशाली संगठन बनाउने प्रक्रिया तत्काल खोल्न हामी जोडदार माग गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।’
पत्रकारिता क्षेत्रबाट नै जीविकोपार्जन गर्ने, यसलाई नै सम्मानित पेशा बनाउनेहरुलाई नै आफ्नो नेतृत्व छान्न सहजीकरण गरियोस भन्दै वर्षाैअघिदेखि पत्रकारिता छाडेका, पत्रकारिताका नाममा राजकीय लाभको पद, एनजीओ, आईएनजीओमार्फत विदेश यात्रा, आर्थिक लाभ लिइरहेकाहरु होइनन्, श्रमजीवी पत्रकारहरु नै वास्तवमा सार्वभौम हुने अवस्थाको सिर्जना गर्नुपर्ने माग पनि संघले गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया