Techie IT
Samayabaddha
आईतबार, १४ पुस, २०८१

अदालतद्वारा बाल यौन दुराचारमा रामबहादुर बम्जन दोषी ठहर


आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत, सर्लाहीले सोमबार उनलाई दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले बताए । उनले भने, ‘१७ असारमा सजाय निर्धारण हुनेछ ।’

न्यायाधीश जीवन भण्डारीको इजलासले बमजनलाई सोमबार दोषी ठहर गरेको हो ।  उनीमाथि आश्रममा बस्दा त्यहाँ काम गर्ने युवतीलाई शोषण गरेको आरोप छ । त्यसमध्ये केहीलाई बेपत्ता पारेको आरोप पनि उनीमाथि लागेको थियो ।

बाराको एउटा जंगलमा ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेको पाइएपछि उनी एकाएक चर्चामा आएका थिए । उनीमाथि यौन शोषण, बलात्कार र आनीहरुलाई बेपत्ता बनाएको आरोप थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट