Techie IT
Samayabaddha
बिहीबार, १८ पुस, २०८१

काठमाडौं नागढुङ्गा सडक दुईतर्फी सञ्चालनमा


काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर २ नागढुङ्गामा गएको बुधवार खसेको पहिरो पूर्ण रूपमा हटाएर हिजो बेलुकादेखि सडक दुईतर्फी खुलाइएको छ ।

प्रहरी वृत्त थानकोटकाअनुसार बुधवार बिहान खसेको पहिरो हटाएर त्यही बेलुकादेखि एकतर्फी सञ्चालनमा रहेकोमा हिजोदेखि पूर्ण रुपमा सञ्चालनमा आएको हो ।

गाडीको चाप घटेपछि बाँकी रहेको पहिरो पन्छाएपछि सडक दुईतर्फी खुलेको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट