सुनको भाउमा यो हप्ता पनि नयाँ रेकर्ड, यस्तो छ भाउ बढनुको कारण
काठमाडौं । यो हप्ता पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाली बजारमा पनि यो साता सुनको भाउले रेकर्ड पछि रेकर्ड बनायो । बुधबार सुन हालसम्मकै महंगो मूल्यमा कारोबार भएको थियो । त्यस दिन, सुन तोलाकै एक लाख ५३ हजार रूपैयाँको उचाइमा पुगेको हो ।
खासगरी, यो साता सुनको भाउ प्रायजसो सस्तिएको देखियो । यस साता सुनको भाउले नयाँ रेकर्ड बनाएर साताको अन्तिममा फेरि ओरालो लागेको थियो । साताको पहिलो दिनको तुलनामा साताको अन्तिम दिनसम्म सुन तोलामा एक हजार २०० रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन, आइतबार रेकर्ड राख्दै सुन तोलाको एक लाख ५२ हजार ६०० रूपैयाँमा खरिदबिक्री भएको थियो । तर त्यसपछि लगातार २ दिन सुनको भाउ घट्यो । सोमबार सुन प्रतितोला एक लाख ५२ हजार ३०० रूपैयाँमा र मंगलबार एक लाख ५२ हजार २०० रूपैयाँमा झरेको थियो । तर बुधबार भने पुनः सुनको भाउ उच्चस्तरमा पुग्यो ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया