रामेछापको लेखर्कमा पहिरोमा परेर दुई जनाको मृत्यु, आठ जना बेपत्ता
काठमाडौं । रामेछापको दोरम्बा गाउँपालिका–३ लेखर्कमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । आठ जना हराइरहेका छन् ।
गएराति १० बजेतिर झरेको ठूलो पहिरोले छ वटा घर बगाएको गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले बताए । चण्डिका थापामगर र एउटा बालकको शव भेटिएको छ । अरू आठ जना हराइरहेका उनले बताए ।
पहिरोले पाँच वटा घर बगाएर अँधेरी खोलामा पुर्याएकाले घरहरु कहाँ पुगे भन्ने थाहा छैन । घरकै नाम निशान नभएकाले हराइरहेका मानिस खोज्न पनि समस्या भएको उपाध्यक्ष थापामगरको भनाइ छ ।
पहिरोपछिको बाढीले एउटा पक्की पुल पनि बगाएको छ । अहिले घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरी पुगेर खोजी शुरु गरेका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया