सुनकोशी नदीमा खसेर बेपत्ता भएको गाडी भेटियो, तीन जना अझै बेपत्ता
काठमाडौं । शनिबार बेलुकी सुनकोशी नदीमा खसेर बेपत्ता भएको गाडी भेटिएको छ। खोटाङको हलेसीबाट भक्तपुर जाँदा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको थियो ।
प्रदेश ३–०१–०२३ च ६३६६ नंको हाइलक्स गाडीमा सवार चार जनामध्ये एक जना भने जिवित निस्किएका थिए । उनैले दुर्घटनाका बारेमा जानकारी दिएका थिए । हाम्फालेर बाँच्न सफल घाइते भक्तपुरको जगातीका २७ वर्षीय सुशान्त कक्षपती हुन् । उनी सुनकोसी सामुदायिक अस्पताल, खुर्कोटमा उपचारपछि डिस्चार्ज भएको छ। उक्त दुर्घटनामा परेका तीन जना भने बेपत्ता रहेका छन् ।
बेपत्ता हुनेहरूमा भक्तपुरको जगातीका ३२ वर्षका अबिन बके, ३० वर्षका प्रनित स्यागु र ३७ वर्षका बलराम घटुवा छन् ।
उनीहरूको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीय नागरिकहरु खटिएका छन् ।
आइतबार बिहान २ बजे, गाडी घटनास्थलबाट ५० मिटर तलबाट निकालेको थियो। सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीको धमिलो बहावमा डुबेको गाडी जेसिभीको सहयोगमा झिकेर नदी किनारमा राखेको हो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया