Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

शेयर बजारमा उच्च गिरावट, नेप्से झन्डै ८० अङ्कले घटेर २९ सय विन्दुभन्दा तल


काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ विन्दुमा झरेको छ । ‘प्रि–ओपनिङ’ मा सामान्य बढेको नेप्से बजार बन्द हुने बेलामा उच्च अङ्कले घट्यो ।

आज माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, जलविद्युत्, होटल, फाइनान्स, विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० अङ्कले घटेको छ । बजार ओरालो लागेको दिन विन नेपाल, उपकार र आत्मनिर्भर लघुवित्त कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

आज तीन सय ३३ वटा कम्पनीका चार करोड २६ लाख कित्ता शेयर १९ अर्ब ७४ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै अपी पावर कम्पनीको ८४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट