Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

आजको मौसम : कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना


काठमाडौं । आज कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँहरूमा तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ । ठूलो वर्षाको सम्भावना रहेका ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुरोध छ ।

आज राति पनि कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँहरूमा तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको रहेको मौसमविदु सरोज पुडासैनीले जानकारी दिए ।

आज राति कोशी प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । पूर्वतिर भने सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट